भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस-एमालेको गठबन्धनले गणतन्त्रलाई असफल प्रमाणित गर्याेः राप्रपा नेपाल

कांग्रेस-एमालेको गठबन्धनले गणतन्त्रलाई असफल प्रमाणित गर्याेः राप्रपा नेपाल

काठमाडौं । राप्रपा नेपालले कांग्रेस-एमालेको नयाँ गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको विश्लेषण गरेको छ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ठूलो तामझाम, आश्वासन र प्रतिबद्धता व्यक्त गर्दै एमाले र माओवादी केन्द्रले गठन गरेको सत्ता गठबन्धनलाई चार महिनामा नै विस्थापित गर्नु र काँग्रेस र एमालेले नयाँ गठबन्धन निर्माण गर्नुले धर्म निरपेक्ष गणतन्त्रको असफलतालाई प्रमाणित गरेको निष्कर्ष निकालेको हो ।

संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैंमा विडम्वनापूर्ण रहेको बताउँदै यो संसदीय मूल्य र मान्यता विपरीतको कार्य भएको ठहर राप्रपा नेपालले गरेको छ । साथै राप्रपा नेपालले नेपाली राजनीतिमा विद्यमान सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्ट प्रवृत्ति र अस्थिरता पुनः उजागर भएको निष्कर्ष निकालेको छ ।

नयाँ सत्ता गठबन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा बनेको नभई यो नितान्त सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम भएको राप्रपाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.