भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रबि लामिछानेले सरकारमा गएर काम गर्न नसकेको मुकुल ढकालको आरोप

रबि लामिछानेले सरकारमा गएर काम गर्न नसकेको मुकुल ढकालको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् ।

आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् ।
उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाए । आफूमाथि बन्द कोठामा बालापनको आरोप लगाएर सार्वजनिक छविमाथि प्रहार गरेको पनि उनले बताए ।

ढकालले मिडियामा आफूले आफ्नो प्रतिवेदनको केही अंश दिएको भन्दै सरकारको विषयमा रवि लामिछानेले नबोल्न दबाब दिएको बताए । उनले पार्टी बिग्रियो र जोगाउनुपर्छ भन्दा ज्वाला संग्रौला र रमेश प्रसाईँहरूलाई परिचालन गरेर मुकुल ढकाल रवि लामिछानेको विपक्षमा गयो भन्ने माहोल सिर्जना गरिएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.