गृहमन्त्री लामिछाने पत्नी सहकारी ठगीमा मुछिएको समाचार लेख्ने विरुद्ध मुद्दा

गृहमन्त्री लामिछाने पत्नी सहकारी ठगीमा मुछिएको समाचार लेख्ने विरुद्ध मुद्दा image

काठमाडौं । सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मुद्दा दर्ता गरेकी छन् । पौडेलले गाली बेइजती कसुरमा शुत्रःबार २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । निकिताले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन् । उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ । आफ्नो नाम जोडेर सहकारीको विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छिन् ।

साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरण समाचारमा पौडेलको नाम उल्लेख थियो । पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन् । उनले जमानीमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख ऋण दिलाइकी थिइन् । उक्त रकम फिर्ता नभएपछि वचतकर्ताको रकम हिनामिना भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda