भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गृहमन्त्री लामिछाने पत्नी सहकारी ठगीमा मुछिएको समाचार लेख्ने विरुद्ध मुद्दा

गृहमन्त्री लामिछाने पत्नी सहकारी ठगीमा मुछिएको समाचार लेख्ने विरुद्ध मुद्दा

काठमाडौं । सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मुद्दा दर्ता गरेकी छन् । पौडेलले गाली बेइजती कसुरमा शुत्रःबार २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । निकिताले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन् । उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ । आफ्नो नाम जोडेर सहकारीको विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छिन् ।

साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरण समाचारमा पौडेलको नाम उल्लेख थियो । पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन् । उनले जमानीमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख ऋण दिलाइकी थिइन् । उक्त रकम फिर्ता नभएपछि वचतकर्ताको रकम हिनामिना भएको छ ।

 


Thali Mobile Pvt.Ltd.