भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रकम हिनामिना सहकारीको मुद्दा दर्ता, रवि लामिछाने ऋणीको सूचीमा

रकम हिनामिना सहकारीको मुद्दा दर्ता, रवि लामिछाने ऋणीको सूचीमा

काठमाडौं । सरकारी वकिलको कार्यालय रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध कार्यालयले अभियोगपत्र दायर (मुद्दा दर्ता) गरेको हो ।

सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोप उनीहरुमाथि छ । अभियोगपत्रमा सहकारीले देखाएका ऋणीहरूको सूची छ, जसमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम पनि समावेस छ ।

गृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बेला उनको नाममा ऋण खडा गरेर गोरखा मिडिया नेटवर्कको आइएमई खातामा एक करोड ९६ लाख रूपैयाँ पठाइएको अभियोगपत्रमा उल्लेख छ । सूचीमा नाम भए पनि गृहमन्त्री लामिछानेलाई प्रतिवादी भने बनाइएको छैन ।

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई प्रतिवादी कायम गरेको थिएन । यसअघि सहकारी दर्ता रजिस्ट्रारको कार्यालय लुम्बिनीको प्रतिवेदनमा पनि रवि लामिछानेका नाममा एक करोड रूपैयाँ गोर्खा मिडियामा गएको उल्लेख छ । बचत हिनामिना भएको उल्लेख गरेर एक हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् ।

 


Thali Mobile Pvt.Ltd.