भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रवि ओडले गरे प्रहरी समक्ष आत्मसमर्पण

रवि ओडले गरे प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेपछि गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले बताए ।

नेपाल आइडल सिजन– २ का विजेता कृष्णपुर नगरपालिकाका बासिन्दा ओडविरुद्ध उनकी श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान गरीरहेको डीएसपी जोशीले बताए ।

 


Thali Mobile Pvt.Ltd.