भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ । सो प्रक्रियाका प्रारम्भका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो । जसमा शंकर प्रसाद शर्मा– भारत, नरेशविक्रम ढकाल– साउदी अरब, प्रा डा कपिलमान श्रेष्ठ– दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित– इजरायल, रामकृष्ण भट्टराई– श्रीलङ्का,

सनिल नेपाल– स्पेन, शैल रूपाखेती– जर्मनी, लोकदर्शन रेग्मी– संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे– बेलायत, डा। शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया, जङ्गबहादुर चौहान– रुस, रमेशचन्द्र पौडेल– कतार, प्राडा कृष्णप्रसाद ओली– चीन, सुम्निमा तुलाधर– डेनमार्क, डा नेत्रप्रसाद तिमल्सिना– मलेसिया, प्रकाशमणि पौडेल– पोर्चुगल, रीता धिताल– पाकिस्तान र कान्ता रिजाल– अष्ट्रेलिया छन् ।

 


Thali Mobile Pvt.Ltd.