काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेस- एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको उनले टिप्पणी गरे । कांग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्था स्थापना गर्ने कुरा बोल्न थालेको भन्दै उनले यो चिन्ताको विषय भएको बताए । ‘अरु दलहरु, नागरिक समाज सबैले यत्रो खबरदारी गर्दा त कांग्रेस– एमालेको यो प्रकारको बिगबिगी छ, कांग्रेस–एमाले मात्र भयो भने यो देश कस्तो हुन्छ होला ?’, उनले प्रश्न गरे ।
अध्यक्ष लिङ्देनले अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधधमा आएको बताए । उनले पार्टीको आधार भनेको जिल्ला, क्षेत्र र स्थानीय तह नै हो भन्दै केन्द्रबाट हुने घोषणा र निर्णयले पार्टी बलियो हुन नसक्ने धारणा व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...