भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु, भदौभित्र बेलीब्रिज तयार हुने

रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु, भदौभित्र बेलीब्रिज तयार हुने

काठमाडौँ, ११ साउन । नेपाल–चीन सीमावर्ती रसुवागढी नाकास्थित मितेरी पुलको पुनर्निर्माण कार्य सुरु गरिएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीका कारण १० मिटर चौडाइ र १०० मिटर लम्बाइको सो पुलमा क्षति पुगेको थियो।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चीन सरकारले पुनर्निर्माणको पहिलो चरणमा बेलीब्रिज निर्माण कार्य थालिसकेको छ। अहिले पुल क्षेत्रको भुइँ सतह सम्याउने काम भइरहेको छ। पक्की पुल पुरानै स्थानबाट दुई मिटर पूर्वतर्फ सारेर निर्माण गरिने छ, जसले पुरातात्विक संरचनामा असर नपर्ने जनाइएको छ।

पुल निर्माणका लागि आवश्यक सबै उपकरण चीनबाट रसुवागढी ल्याइसकिएको छ। हाल निर्माण स्थलमा चार स्काभेटरको प्रयोगमा ल्याएर अनियन्त्रित बाढीपानीलाई व्यवस्थित गर्ने कार्य पनि अघि बढाइएको छ। चीनको निर्माण पक्षले आगामी भदौ ३० गतेभित्र बेलीब्रिज निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको प्रजिअ पौडेलले जानकारी दिए।

यसैबीच, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार कार्यालय भवनको काम भने हाल रोकिएको छ। मितेरी पुल पुनर्निर्माणपछि सीमावर्ती आवतजावत र व्यापारिक कारोबार पुनःसञ्चालन हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.