भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

काठमाडौं । कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयसँगै पुरक परीक्षाको मिति पनि तय गरेको हो ।

नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।

आज सार्वजनिक भएको नतिजाअनुसार कक्षा १२ मा दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, एक लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । यस वर्ष तीन लाख ९० हजार ८६८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.