भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ युट्युबबाट हटाउन माग

लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ युट्युबबाट हटाउन माग

काठमाडौं । बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ लगायत गायक गायिकाको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेको छ । गीतमा स्कुललाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रित गरिएको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संगठनहरुले प्रतिबन्ध लगाउन माग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई युट्युब लगायतका प्लाटफर्मबाट हटाउन माग गरेका छन् ।

‘विद्यालय जस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रुपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् । शिक्षकहरुलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छैको रुपमा चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले आफ्नो मागलाई बेवास्ता गरेमा गीतलाई बहिष्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरुलाई सामूहिक बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् ।