भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

५८ कार्टुन भेपसहित पाँच जना पक्राउ

५८ कार्टुन भेपसहित पाँच जना पक्राउ

काठमाडौं । ५८ कार्टुन चाइनिज भेपसहित पाँच जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए । रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले हेटौंडा–११ थाना भर्‍याङबाट भेप फेला पारेको हो ।

बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसपी रिजालले बताए ।

प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.