रेशम र रञ्जिताको काउछो अझै गएन, बैठक नै आधिकारिक नभएको तर्क

रेशम र रञ्जिताको काउछो अझै गएन, बैठक नै आधिकारिक नभएको तर्क

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको सूचना निकालेपछि विवाद झन चर्किएको छ ।

टीकापुर महाधिवेशनबाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका छन् । उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए ।

मंगलबार रञ्जिताले त्यो बैठक आधिकारिक नभएको बताएकी छन् ।केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.