भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुनतस्करी कारबाहीमा पुनर्विचार गर्न गृहमन्त्रीसमक्ष उजुरी

सुनतस्करी कारबाहीमा पुनर्विचार गर्न गृहमन्त्रीसमक्ष उजुरी

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै एक डीएसपीले गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् डीएसपी रुगम कुँवरले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको प्रतिवेदनले आफूलाई कारबाही सिफारिस गरेको विषयमा पुनर्विचार र छानबिन गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिएका हुन् ।

डीएसपी कुँवरले आयोगले आफूलाई कारबाही गर्न सिफारिस गरेकोप्रति आपत्ति जनाउँदै सिफारिसमाथि पुनर्विचर गर्न माग गरेको प्रहरी स्रोतको भनाइ छ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई समेत निवेदनको बोधार्थ बुझाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.