भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै

थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै

काठमाण्डौ । गएको साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विस्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य ठाउँका हिमताल विस्फोटको जोखिममा रहेको उल्लेख गर्दैै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

उहाँले सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । अध्ययन टोलीका प्रतिनिधि एवम्अ न्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र -इसिमोडका भूगर्भ विज्ञ सुदनविक्रम महर्जनले थामे उपत्यकामा रहेका हिमताल जोखिममा रहेको भन्दै विशेषगरी यसले ठूलो विनाश निम्त्याउने खतरा बढाएको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.