भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

छिन्चु-जाजरकोट सडक अवरुद्ध

छिन्चु-जाजरकोट सडक अवरुद्ध

काठमार्डौै । पहिरोका कारण छिन्चु-जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ। गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । राजमार्ग अन्तर्गतको भेरी नगरपालिका १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेको छ।

सडक डिभिजन कार्यालयले बिहानैदेखि यहाँको पहिरो पन्छाउन थालेको छ। चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ। अन्य ठाउँमा जेसीबी नहुँदा काम भएको छैन।

पहिरोका कारण सदरमुकाम खलंगाबाटबाहिरिने र सदरमुकाम भित्रिने सवारीसाधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्।

 


Thali Mobile Pvt.Ltd.