भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

धनुषाकी रुबी यादवको शव फेला,श्रीमानले हत्या गरेको पुष्टि

धनुषाकी रुबी यादवको शव फेला,श्रीमानले हत्या गरेको पुष्टि

काठमाडौं । धनुषाको महेन्द्रनगरबाट जेठ २६ गतेदेखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव शनिबार राति मिथिला नगरपालिका(६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

रुबीको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको छ । श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको थियो । राजुकै बयानको आधारमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार राजुले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

जेठ २६ बिहानदेखि रुबी बेपत्ता भएपछि भोलिपल्ट माइतपक्षले प्रहरीमा उजुरी दिएका थिए । त्यही दिन बिहानै राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको प्रहरी निरीक्षक साहले बताए । रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए । त्यसपछि पारिवारिक विवाद भएको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.