भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

रुकुम पूर्वमा थालियो फलाम खानीको विस्तृत अध्ययन

रुकुम पूर्वमा थालियो फलाम खानीको विस्तृत अध्ययन

रुकुम पूर्व । जिल्लामा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको सम्भाव्यता अध्ययन शुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन शुरु गरेको हो ।

आर्थिक अभावले विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन शुरु भएको बताए। हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा १०० वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयवासीले जानकारी दिएका छन् ।

तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। गत वर्ष तीनै ठाउँमा फलाम रहेरनरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले बताए ।

‘गत साल गरिएको अध्ययनबाट हाम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो’ अध्यक्ष श्रेष्ठले भने, ‘झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ। रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागमले फलाम र तामा खानीबारे तीन पटकसम्म अध्ययन गरिसकेको जनाइएको छ। रासस