भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जनतालाई सेवा प्रवाह गर्ने निकायहरू जागरुक भएर कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन: महासचिव गुरुङ

जनतालाई सेवा प्रवाह गर्ने निकायहरू जागरुक भएर कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन: महासचिव गुरुङ

भक्तपुर । नेकपा माओवादीका महासचिव देव गुरुङले जनतालाई सेवा प्रवाह गर्ने निकायहरू जागरुक भएर कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । रफत सञ्चार क्लबले सोमबार गरेको सञ्चार–संवाद कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

महासचिव गरुङले संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम मात्रै भइरहेकाले सबै न्यायप्रिय जन समुदाय सचेत रहनु पर्ने बताए । उनले एनसेल कर छलीमा पनि सत्ता गठबन्धन सरकारले छानविन समिति बनाएर सत्य, तथ्य बाहिर ल्याउने अठोट लिएको बताए ।

उनले नेकपा माओवादी पार्टी मुलुक तस्करीतन्त्र र कमीशनतन्त्रबाट सदैव मुक्त रहनुपर्ने मान्यता रहेकाले वर्तमान गठबन्धनको सरकारले पनि भ्रष्टाचारको अन्त्यका लागि विभिन्न कदमहरू उठाएर सुशासन कायम गर्ने दिशातर्फ अग्रसर रहेको चर्चा गरे । एनसेलको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतले शेयर बिक्री गर्न तत्कालका लागि अन्तरिम आदेश दिइसकेकोले यस विषयमा थप टीकाटिप्पणी गर्नु उपयुक्त नहुने गुरुङको भनाई छ ।

महासचिव गुरुङले ढिलोचाँडो नेपालका वाम शक्ति एकै ठाउँमा उभिएर एकीकृत हुने टिप्पणी समेत गरे । बाबुराम भट्टराई र उनको पार्टीसँग हुने एकीकरणको विषय सकारात्मक ढंगले अगाडि बढिरहेको जानकारी दिदै पछिल्लो समयमा वामपन्थी एकताको प्रश्नले सघन रूप लिँदै गएको र त्यसमाथि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै सम्पूर्ण वाम शक्ति एकता गर्न तयार रहेको वातावरण सिर्जना हुँदै गएको र अध्यक्ष प्रचण्डकै नेतृत्वमा गैर वाम शक्तिलाई पनि मिलाएर लगिएका नेपालको स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न बल पुग्ने विचार व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.