भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन

भोजपुर । ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)ले २० किसानलाई एकमहिने (१६० घण्टे) पशु स्वास्थ्यसम्बन्धी अभ्यासमूलक प्रशिक्षण दिएको हो ।

एक महिनासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रमपश्चात सहभागी किसानले आफ्नो क्षेत्रमा दक्ष ढङ्गले काम गर्न सक्ने सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताए। प्रशिक्षणका क्रममा सहभागी किसानलाई पशुमा लाग्ने रोग, उपचार पद्धति, बन्ध्याकरण, फार्म व्यवस्थापन, खोप र खोप प्रयोग विधिको विषयमा अभ्यास गराएर आवश्यक सीप दिएको प्रमुख ठाकुरले जानकारी दिए । स्थानीय किसानका माग र यहाँको आवश्यकतालाई ध्यानमा राखेर पहिलोपटक सदरमुकाममा यस प्रकारको तालिम सञ्चालन गरिएको उनको भनाइ छ । तालिम लिएकालाई योग्यताको प्रमाणपत्र दिइने उनको भनाइ छ ।

“यहाँका धेरै किसान पशुपालन व्यवसायमा जोडिएका छन्”, प्रमुख ठाकुरले भने, “तर उनीहरुमा पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा जानकारी नहुँदा धेरै समस्या छ । जनशक्ति अभावमा राज्य तहका पशु प्रविधिक सबै ग्रामीण भेगमा पुगेर सेवा प्रवाह गर्न नसकिरहेको अवस्था पनि छ । पशु स्वास्थ्यलाई सहज रूपमा विस्तार गर्ने लक्ष्यले एकमहिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर सीप प्रदान गरेका छौँ ।” जिल्लाका अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएको भए पनि पशुमा लाग्ने सामन्य रोग तथा उपचार पद्धतिको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको छ । स्थानीयस्तरका नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै सिटीइभिटी र भोजपुर नगरपालिकाको सहकार्यमा एकमहिने सामुदायिक पशु सेवा सहायकको तामिल सञ्चालन गरिएको भोजपुर नगरपालिका पशु शाखा प्रमुख सन्तोष कटुवालले बताए । यहाँ उत्पादन भएका जनशक्तिले भावी दिनमा सहज रूपमा ग्रामीण भेगमा पशु सेवालाई विस्तार गर्न सक्ने उनको भनाइ छ ।

आफूले वर्षौँबाट पशुपालन गरिरहेको भए पनि पशुमा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या रहेको अवस्थामा एकमहिने तालिम पाएपछि सहजता भएको सहभागी स्थानीय किसान मोहनप्रसाद ढकालले जानकारी दिए । एक महिनासम्म पशु स्वास्थ्यको विषयमा अभ्यासमूलक सीप लिन पाउँदा खुसी लागेको उनको भनाइ छ । तालिममा सहभागी भए पनि गाउँघरमा पुगेर उपचार गर्न सक्ने भएको उनको भनाइ छ ।

“लामो समयबाट पशुपालन गरिरहेको थिएँ”, उनले भने, “मलाई पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा जानकारी थिएन । पशु बिरामी हुँदा सहज सेवा पाउन सकिरहेका थिएनौँ । अहिले आफैँले तालिम लिने अवसर पाएँ, धेरै खुसी लागेको छ । यस्ता सीपमूलक कार्यक्रम अन्य किसानसम्म पनि पुर्याउन आवश्यक छ ।” रासस

 


Thali Mobile Pvt.Ltd.