भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु , तीन जना घाइते

सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु , तीन जना घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप बुधबार बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा जिप चालक रहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

बिरामी बोकेर हिँडेको उक्त जिपमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा दुई महिला र एक बालिका घाइते भएका छन् । घाइते हुनेमा सिस्ने गाउँपालिका–२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका , ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी रहेका छन् ।

घाइते तीनै जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको छ । थप उपचारका लागि उनीहरूलाई दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.