भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

प्युठानमा ‘जेनजी स्मृति टावर’ निर्माण , युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास प्रयास

प्युठानमा ‘जेनजी स्मृति टावर’ निर्माण , युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास प्रयास

प्युठान । प्युठान नगरपालिका–३ विजयनगरको दैलेसिमलमा ‘जेनजी स्मृति टावर’ निर्माण गरिएको छ । जेनजी आन्दोलनको सम्मानमा उक्त स्मृति टावर स्थापना गरिएको हो ।

युद्ध पर्यटकीय स्थलका रूपमा विकास गरिँदै आएको दैलेसिमलमा भदौ २३ र २४ गते परिवर्तनको पक्षमा लडेका युवाहरूको प्रतीकस्वरूप टावर निर्माण गरिएको जनाइएको छ । टावरमा रगतले लतपतिएको जुत्ता र ‘इन्कलाव मुठ्ठी’ को प्रतिकात्मक संरचना राखिएको छ । साथै राष्ट्रिय झन्डाको प्रतीमा पनि स्थापना गरिएको छ ।

प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले दैलेसिमललाई युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयासस्वरूप जेनजी आन्दोलनको सम्मानमा स्मृति टावर स्थापना गरिएको बताए ।

दैलेसिमलमा यसअघि नै १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा बलिदान स्तम्भ स्थापना गरिएको छ । नगरभित्र मृत्यु भएका अन्य जिल्लाका पाँच जना तथा प्युठान नगरपालिकाभित्रका १४ जनाको नाममा उक्त स्तम्भ निर्माण गरिएको हो ।

त्यस्तै सोही स्थानमा सशस्त्र संघर्षमा सहभागी महिला जनमुक्ति सेनाको शालिक स्थापना गरिएको छ , जसमा एक हातमा हतियार र अर्को हातमा दूधेबालक बोकेको आकृति देखिन्छ । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता माओत्सेतुङको शालिक र प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।

स्थानीय तहले दैलेसिमल क्षेत्रलाई ऐतिहासिक तथा वैचारिक पृष्ठभूमिसहितको पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना अघि बढाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.