भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

प्युठानमा ‘जेनजी स्मृति टावर’ निर्माण , युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास प्रयास

प्युठानमा ‘जेनजी स्मृति टावर’ निर्माण , युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास प्रयास

प्युठान । प्युठान नगरपालिका–३ विजयनगरको दैलेसिमलमा ‘जेनजी स्मृति टावर’ निर्माण गरिएको छ । जेनजी आन्दोलनको सम्मानमा उक्त स्मृति टावर स्थापना गरिएको हो ।

युद्ध पर्यटकीय स्थलका रूपमा विकास गरिँदै आएको दैलेसिमलमा भदौ २३ र २४ गते परिवर्तनको पक्षमा लडेका युवाहरूको प्रतीकस्वरूप टावर निर्माण गरिएको जनाइएको छ । टावरमा रगतले लतपतिएको जुत्ता र ‘इन्कलाव मुठ्ठी’ को प्रतिकात्मक संरचना राखिएको छ । साथै राष्ट्रिय झन्डाको प्रतीमा पनि स्थापना गरिएको छ ।

प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले दैलेसिमललाई युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयासस्वरूप जेनजी आन्दोलनको सम्मानमा स्मृति टावर स्थापना गरिएको बताए ।

दैलेसिमलमा यसअघि नै १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा बलिदान स्तम्भ स्थापना गरिएको छ । नगरभित्र मृत्यु भएका अन्य जिल्लाका पाँच जना तथा प्युठान नगरपालिकाभित्रका १४ जनाको नाममा उक्त स्तम्भ निर्माण गरिएको हो ।

त्यस्तै सोही स्थानमा सशस्त्र संघर्षमा सहभागी महिला जनमुक्ति सेनाको शालिक स्थापना गरिएको छ , जसमा एक हातमा हतियार र अर्को हातमा दूधेबालक बोकेको आकृति देखिन्छ । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता माओत्सेतुङको शालिक र प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।

स्थानीय तहले दैलेसिमल क्षेत्रलाई ऐतिहासिक तथा वैचारिक पृष्ठभूमिसहितको पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना अघि बढाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.