सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । अमेरिका र वेष्टइन्डिजमा हुने टी २० विश्वकप क्रिकेट खेल्न अमेरिका जान लागेका लामिछानेलाई अमेरिकाले भिसा अस्वीकार गरेको हो ।

सन्दीपले आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.