भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सार्वजनिक सवारीमा रुट परमिट खुला

सार्वजनिक सवारीमा रुट परमिट खुला

काठमाडौं, ६ असाेज । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आजदेखि रुट परमिट खुला गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको समयमा सहज ढङ्गले सञ्चालन गर्नका लागि यो व्यवस्था गरिएको हो।

रुट परमिट खुला भएसँगै अब सार्वजनिक यातायात साधनहरूले रुट नलिई गन्तव्यस्थलसम्म सञ्चालन गर्न पाउनेछन्। यो व्यवस्था आगामी असोज २२ गतेसम्म कायम रहने स्वाँरले जानकारी दिए।

यस्तै, पूर्णिमाको दिनसम्म नारायणघाट–काठमाडौँ मार्गमा यातायात आवागमन सहज बनाउन खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

 


Thali Mobile Pvt.Ltd.