भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सौर्य विमान दुर्घटना: एक विदेशी नागरिकबाहेक सबैको शव परिवारले बुझे

सौर्य विमान दुर्घटना: एक विदेशी नागरिकबाहेक सबैको शव परिवारले बुझे

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेका छन्। हिजो शुक्रबार ६ र आज शनिबार ११ जनाको शव परिवारले बुझेका त्रिवि शिक्षण अस्पतालमा शव हस्तान्तरणमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए।

उनका अनुसार अब एक विदेशी नागरिकको शव मात्रै बुझाउन बाँकी छ। विमान दुर्घटनामा ओमानका नागरिक आरेफ रेडाको ​पनि मृत्यु भएको थियो। ती प्रहरी अधिकारीका अनुसार उनका परिवारका सदस्य काठमाडौं आएपछि शव हस्तान्तरण गरिनेछ।

बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेन्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.