भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सौर्य विमान दुर्घटना: एक विदेशी नागरिकबाहेक सबैको शव परिवारले बुझे

सौर्य विमान दुर्घटना: एक विदेशी नागरिकबाहेक सबैको शव परिवारले बुझे

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेका छन्। हिजो शुक्रबार ६ र आज शनिबार ११ जनाको शव परिवारले बुझेका त्रिवि शिक्षण अस्पतालमा शव हस्तान्तरणमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए।

उनका अनुसार अब एक विदेशी नागरिकको शव मात्रै बुझाउन बाँकी छ। विमान दुर्घटनामा ओमानका नागरिक आरेफ रेडाको ​पनि मृत्यु भएको थियो। ती प्रहरी अधिकारीका अनुसार उनका परिवारका सदस्य काठमाडौं आएपछि शव हस्तान्तरण गरिनेछ।

बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेन्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.