भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

“मापसे चेक गर्दा छाडिएको स्कर्पियोमा भेटियो सुनचाँदीसहित १५ लाखको गहना”

“मापसे चेक गर्दा छाडिएको स्कर्पियोमा भेटियो सुनचाँदीसहित १५ लाखको गहना”

रौतहट, १२ जेठ ।  सर्लाही जिल्लामा ट्राफिक प्रहरीले मापसे (मदिरा सेवन) चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीबाट करिब १५ लाख रुपैयाँ बराबरको सुनचाँदीको गहना बरामद गरेको छ।

सर्लाही प्रहरीले दिएको जानकारी अनुसार, बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडी गत जेठ ७ गते बिहान साढे ९ बजे लालबन्दी नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम लोकमार्गमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको थियो। गाडी पश्चिमबाट पूर्वतर्फ जाँदै थियो।

चेकजाँचको क्रममा गाडी चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि ट्राफिक टोलीले वैकल्पिक चालक बोलाउन सुझाव दियो। तर चालकसहित गाडीमा रहेका चार जना पुरुष व्यक्ति गाडी त्यागेर फरार भए। 

जनप्रतिनिधिहरूको रोहवरमा गाडीको खानतलासी गर्दा अगाडि इन्जिनको भागमा प्लास्टिकले बेरिएको जेब्रा झोलामा गम्छाले बेरिएको सुनचाँदीको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। साथै, गाडी भित्रबाट थप चाँदीका सामान र नगद रकम पनि बरामद गरिएको छ।

बरामद सरसामानसहित आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा आइतवार साँझ पठाइएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार उक्त गाडीमा बरामद गहनाको मूल्य करिब १५ लाख रुपैयाँ बराबरको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.