भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

अब अनलाइनबाटै माध्यामिक तहको समकक्षताको प्रमाणपत्र पाइने

अब अनलाइनबाटै माध्यामिक तहको समकक्षताको प्रमाणपत्र पाइने

काठमाडौं । अब अनलाइनबाटै माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।

केन्द्रको मान्यता तथा समकक्षता शाखाले शुक्रबार औपचारिक कार्यक्रम गरेर अनलाइनमार्फत प्रमाणपत्र दिने जानकारी गराएको हो । शाखा निर्देशक विष्णु ज्ञवालीले विद्यार्थीलाई सहज सेवा दिनको लागि अनलाइन सुविधा दिन थालिएको बताए ।

शाखाले यसअघि १ पुस २०७९ बाट अनलाइन आवेदन लिन थालेको थियो । प्रमाणपत्र लिन भने शाखा नै पुग्नुपर्ने व्यवस्था रहेको थियो । तर, अब भने विद्यार्थीलाई अनलाइनबाटै प्राप्त हुनेछ । विद्यार्थी आफैले प्रिन्ट गर्न सक्नेछन् । मान्यता तथा समकक्षताको प्रमाणपत्र विद्यार्थीले आवेदन दिएको ३ देखि ७ दिनभित्र प्राप्त गर्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.