भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सिरुटारमा श्रीहरि फाउन्डेसनद्वारा आध्यात्मिक सत्सङ्ग तथा ध्यान कार्यक्रम सम्पन्न

सिरुटारमा श्रीहरि फाउन्डेसनद्वारा आध्यात्मिक सत्सङ्ग तथा ध्यान कार्यक्रम सम्पन्न

भक्तपुर, २५ जेठ । “एक विश्व, एक आध्यात्मिक परिवार बनाऔँ” भन्ने सन्देशसहित श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनले आध्यात्मिक सत्सङ्ग एवं ध्यान कार्यक्रम भक्तपुरको सिरुटारमा सम्पन्न भएकाे छ।

शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा सञ्चालन भएको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका साधक–साधिकाहरू, योग प्रेमीहरू, समाजसेवीहरू तथा रक्त अभियन्ताहरूको उपस्थिति रहेकाे थियो।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष चन्द्र हरि कायस्थ ‘श्रीहरि’ ले ध्यानलाई शब्दमा बाँध्न नसकिने आत्मिक अनुभवको विषय भएको उल्लेख गर्दै नेपाली, नेवारी, हिन्दी, अङ्ग्रेजी र संस्कृत भाषाका श्लोकहरू मार्फत् सूक्ष्म संकेतहरूमार्फत् मन छुने सन्देश दिए । उनले भने  “सत्य यस्तो कुरा हो, जुन जुठो मुखले बोलेर प्रस्ट्याउन खोज्दा झुटो लाग्न सक्छ। ध्यान बोलिने होइन, गरिने कुरा हो।”

shrihari-foundation-satsang-dhyan-program-bhaktapur

कार्यक्रममा पतन्जली  योग केन्द्र, जीवन विज्ञान, पातञ्जललगायतका ध्यानकेन्द्रहरूका साधक–साधिकाहरू, साथै रक्तदान अभियानमा क्रियाशील अभियन्ताहरूलाई विशेषरूपमा आमन्त्रण गरिएको थियो। बालकोट, दधीकोट, कटुन्जे, सूर्यविनायक र सिरुटार क्षेत्रका सहभागिता उल्लेखनीय रह्यो।

अन्तर्राष्ट्रिय रक्त अभियन्ता अनिल रत्न तुलाधर, डा. सुमन मानन्धर र प्रेम कुमार लामाले नेपालमा अब कसैको पनि रगतको अभावले ज्यान जान नदिन हामी सबैले मिलेर काम गर्नुपर्ने धारणा राखे । 

योग साधक तथा समाजसेवी सञ्जय श्रेष्ठ, केशवराज गजुरेल, महेश्वरमान श्रेष्ठलगायत वक्ताहरूले जीवनभरिको अनुभव सुनाउँदै यिनै पाँच भ्रमहरूप्रति चेतना फैलाउने संकल्प व्यक्त गरे “खानामा शक्ति छैन, औषधिमा स्वास्थ्य छैन, धन–सम्पत्तिमा सुख छैन, शास्त्रमा ज्ञान छैन, र व्यक्तिमा प्रेम छैन।”

पूर्ण सात्विकता, सादगी र समर्पणले भरिएको यो कार्यक्रम केवल सत्सङ्ग र ध्यानमा सीमित रहेन, यो एउटा आत्म–जागरणको यात्रा बन्यो, जहाँ सहभागीहरूले न केवल आफैलाई महसुस गरे, बरु अरूलाई पनि महसुस गराउने बाटो पहिल्याउने संकल्प गरे।