भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

हजारौँ माइलको यात्रा गरेर चिसो छल्न साइबेरियन चराहरू कतार आइपुगे

हजारौँ माइलको यात्रा गरेर चिसो छल्न साइबेरियन चराहरू कतार आइपुगे

कतार । साइबेरियन विभिन्न प्रजातिका चराहरू कतार आउन थालेका छन्। अत्यधिक चिसोबाट बच्न हजारौँ माइलको यात्रा गरेर साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि साइबेरियन चराहरू जाडो छल्नका लागि कतार, दुबई लगायत खाडि राष्ट्रको समुन्द्री किनारमा आउन थालेका हुन् ।

मध्य एसियाको आकाशको उडान मार्ग हुँदै चराहरू कतार आइपुग्छन् यसरी बसाइसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा अन्य ताराको अवस्थिति, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्छन्। चराले बसाइसराइको बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ।

विश्वमा आगन्तुक चराको लागि नौ वटा उडान मार्ग पहिचान गरिएका छन् । कतार आउने साइबेरियन चराहरू मध्य एसियाली उडान मार्गमा हुँदै कतार आउने उपयुक्त बाटो हो ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण अन्य वर्षको तुलनामा यो वर्ष कतारमा आगन्तुक चरा आउने गरेका पाइन्छ । दोहा कतारको कर्नेस र लुसेल एरिया यस वर्ष पनि आगन्तुक साइबेरियन चराको चिरविराहट र चहलपहलले रमणीय र मनमोहक भएको छ ।

 


Thali Mobile Pvt.Ltd.