भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिन्धुलीका युवकको मिर्गौला तस्करी प्रकरणमा एकजना पक्राउ

सिन्धुलीका युवकको मिर्गौला तस्करी प्रकरणमा एकजना पक्राउ

कैलाश खबर, साउन २२ । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका समिर परियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो (Bureau of Human Trafficking and Investigation) का प्रमुख कृष्ण पंगेनीका अनुसार परियारमाथि हाल अनुसन्धान जारी छ।

सिन्धुलीको दुधौली नगरपालिका–१ का स्थायी बासिन्दा खिलबहादुर भुजेललाई काम दिने प्रलोभन देखाई पोखराबाट भारत पुर्‍याइएको थियो। भारत लगेर गिरोहले उनलाई बन्धक बनाई जबरजस्ती मिर्गौला निकालिएको अनुसन्धानमा खुल्न आएको छ।

प्रहरीले यस घटनालाई मानव अंग तस्करीको गम्भीर अपराधको रूपमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी पनि भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.