भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

रुख ढल्दा सोलुखुम्बुको गाउँपालिका कार्यालय भवनमा क्षति

रुख ढल्दा सोलुखुम्बुको गाउँपालिका कार्यालय भवनमा क्षति

काठमाडौं । रुख ढल्दा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कार्यालय भवन क्षति भएको छ । हिजो बेलुका कार्यालय नजिकै रहेको रुख ढल्दा वडा नम्बर ३ मा रहेको गाउँपालिका कार्यालय भवनसहित अर्को एउटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पालिकाले भाडामा लिएर सेवा प्रवाह गर्दै आएको स्थानीय ल्हाक्पा दिकी शेर्पाको तीन तले घर र नजिकै रहेको निमा वाङ्छु शेर्पाको ढुङ्गा माटोले बनेको दुई तले घरसहित ग्लाली र शौचालयमा पूर्ण क्षति भएको हो । रुख आफैँ मक्किएर ढल्दा भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.