भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सभामुखको सर्वदलीय बैठकमा रास्वपासहित चार दल अनुपस्थित

सभामुखको सर्वदलीय बैठकमा रास्वपासहित चार दल अनुपस्थित

काठमाडाैं, २९ असाेज । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित चार दल अनुपस्थित भएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको बैठकमा १० राजनीतिक दललाई आमन्त्रण गरिए पनि ६ दलका मात्र प्रतिनिधिहरू उपस्थित थिए ।

बैठकमा रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएनन् । सभामुखका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जसपा नेपालका प्रतिनिधि बैठकमा सहभागी थिए ।

रास्वपाका नेता सन्तोष परियारले पार्टी सचिवालयको बैठक रहेकाले सभामुखको बैठकमा जान नसकेको जानकारी दिए । उनका अनुसार पार्टीको आधिकारिक धारणा पहिल्यै सार्वजनिक भइसकेको र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा नरहेकाे स्पष्ट गरिसकेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी आगामी चुनावको तयारीमा केन्द्रित भइसकेको छ । ७ असोजमा बसेको केन्द्रीय समितिको बैठकले २१ फागुनमा हुने सम्भावित चुनावका लागि बाचा पत्र तयारी गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरिसकेको छ ।

सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर रिटको पृष्ठभूमिमा राजनीतिक दलहरूको धारणा लिन बैठक आयोजना गरेका हुन् । आगामी दिनमा कानुन व्यवसायीहरूसँग पनि छलफल गरिने जानकारी दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.