भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सदन चलाउन सभामुखको सक्रियता बढ्यो, परामर्शमा व्यस्त

सदन चलाउन सभामुखको सक्रियता बढ्यो, परामर्शमा व्यस्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची छ । दिउँसो ३ बजे प्रस्तुत गरिने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ ।

सभामुख देवराज घिमिरेले दिउँसो १२ः३० बजे राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै छन् । उनले दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।

सरकारको वार्षिक बजेटअघि संघीय संसद्का दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.