भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

सुर्यविनायकका एसईई २०८० मा उतीर्ण विद्यार्थीलाई सम्मान

सुर्यविनायकका एसईई २०८० मा उतीर्ण विद्यार्थीलाई सम्मान

भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरपालिका ७ वडाको नगर कमिटीले नगरका एसईई २०८० मा उतीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । विद्यार्थीलाई प्रोत्साहन र भविष्यको मार्ग प्रशस्त गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा नगरका एसईई २०८० मा उतीर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरी बधाइ ज्ञापन तथा सम्मान गरिएको हो । आज भक्तपुरको सुर्यविनायक नगरपालिका ७ नं वडा कार्यालय गुण्डुमा आयोजित कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजाले उतीर्ण विद्यार्थीहरुलाई बधाइ दिदैँ उज्जवल भविष्यका लागि मार्ग निर्देशन पनि गरेका छन् ।

कार्यक्रमको उद्धघाटन गर्दै अध्यक्ष देउजाले विद्यार्थीहरुलाई पढाइका साथसाथै देशको बारेका पनि बुझ्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा देशको विकासका लागि काम गर्न विद्यार्थीहरुलाई आह्रवान पनि गरेका छन् । उनले भने, “राजनीति भनेको नराम्रो हो भन्ने धारणा युवाहरुको बिचमा अहिले पनि छ । तर त्यसलाई सही बाटोमा ल्याउनका लागि तपाईँहरु जस्तै विद्यार्थीहरु लगि पर्न पर्छ । त्यसैले पढाइका साथै असल व्यक्तित्व निर्माणमा पनि अग्रसर रहनु आवश्यक छ । ” पढाइलाई निरन्तरता दिदैँ थप मेहिनेत गर्न पनि उनले निर्देशन दिएका छन् ।

विद्यार्थीहरुलाई सम्मान गर्दै सुर्यविनायक नगरपालिका ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले सुर्यविनायकका करिब १२६८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा करिब १ हजार विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए । राष्ट्रिय रुपमा ५३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुदाँ सुर्यविनायकमा १८ प्रतिशत मात्र अनुत्तीर्ण हुनु गौरवको विषय रहेको उनको भनाइ छ । उनले विद्यार्थीहरुको सहजता र उचित वातावरणको निर्माण गर्नका लागि नगरपालिका सधैं तत्पर रहने पनि बताए ।

 


Thali Mobile Pvt.Ltd.