भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा 

अविरल वर्षाका कारण इलाममा बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति।

पछिल्ला दुई दिनमा १८ जनाको मृत्यु, सबै इलाम जिल्लाकै।

सूर्योदय नगरपालिका, माङसेबुङ, देउमाई, फाकफोकथुम र इलाम नगरपालिका सबैभन्दा बढी प्रभावित।

प्रहरीका अनुसार अझै केही व्यक्ति बेपत्ता — खोजी तथा उद्धार कार्य जारी।

घोसगाउँमा मात्रै ६ जनाको मृत्यु, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु पुष्टि।

इलामका धेरै भागमा सडक, पुल र घरहरूमा क्षति, आवागमन अवरुद्ध।

सुरक्षाकर्मी र स्थानीय टोली उद्धारमा सक्रिय, राहत वितरणको तयारी सुरु।

इलाम, १९ असोज । पूर्वी नेपालको इलाम जिल्लामा लगातार परिरहेको वर्षाले ठूलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्ला दुई दिन (हिजो र आज) मात्र बाढी, पहिरो र डुबानका कारण १८ जनाले ज्यान गुमाएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक पोखरेलका अनुसार सबै मृतक इलाम जिल्लाकै रहेका छन्। उनले भने, “पछिल्ला दुई दिनको अवधिमा विभिन्न स्थानमा पहिरो र बाढीले १८ जनाको मृत्यु भएको पुष्टि भएको छ, खोजी र उद्धार कार्य जारी छ।”

प्रहरीको विवरणअनुसार सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु, माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा ३ जनाको मृत्यु, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र धुसुनेमा २ जनाको मृत्यु, फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जनाको मृत्यु, इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ।

यससँगै इलाममा बाढी–पहिरोका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको पुष्टि भएको छ। प्रहरीका अनुसार अझै केही व्यक्ति बेपत्ता छन् भने क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।

अविरल वर्षाका कारण इलामका विभिन्न क्षेत्रमा सडक, पुल र घरहरूमा क्षति पुगेको छ। स्थानीय प्रशासन, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा राहत कार्यमा सक्रिय रहेको इलामका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।