भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क

तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क

मुख्य ५ बुँदा

तमिलनाडु सरकारले गरिब तथा कम आय भएका परिवारलाई वर्षमा तीनवटा एलपीजी ग्यास सिलिन्डर निःशुल्क दिने भएको छ ।

वार्षिक २ लाख ५० हजार भारतीय रुपैयाँसम्म आय भएका परिवारलाई लक्षित गरिएको छ ।

योजना आगामी जनवरीमा मनाइने पोङ्गल पर्वदेखि औपचारिक रूपमा लागू हुनेछ ।

ग्यास खरिद गरेपछि रकम परिवारकी मुख्य महिलाको बैंक खातामा सिधै पठाइनेछ ।

योजनाबाट करिब १ करोड ३० लाख परिवार लाभान्वित हुने र वार्षिक करिब ४० अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

भारत, ८ भदौ । भारतको तमिलनाडु सरकारले विपन्न तथा कम आय भएका परिवारलाई हरेक वर्ष तीन वटा खाना पकाउने एलपीजी ग्यास सिलिन्डर निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले विधानसभालाई सम्बोधन गर्दै ‘अन्नपूर्णी सुपर सिक्स’ योजनाअन्तर्गत यस्तो सुविधा ल्याइएको जानकारी दिनुभएको हो ।

सरकारले वार्षिक दुई लाख ५० हजार भारतीय रुपैयाँसम्म आम्दानी भएका परिवारलाई कम आय वर्गमा राखेर यो योजना सञ्चालन गर्ने जनाएको छ । योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको प्रमुख पर्व ‘पोङ्गल’देखि औपचारिक रूपमा लागू हुनेछ ।

प्रत्यक्ष लाभ हस्तान्तरणमार्फत रकम उपलब्ध गराइने

योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण प्रणाली प्रयोग गरिनेछ । यसअनुसार लाभग्राहीले ग्यास सिलिन्डर खरिद गरेपछि त्यसको रकम सरकारले सम्बन्धित परिवारकी मुख्य महिलाको बैंक खातामा सिधै पठाउनेछ । सरकारको अनुमानअनुसार योजनाबाट तमिलनाडुका करिब १ करोड ३० लाख परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

वार्षिक ४० अर्ब भारतीय रुपैयाँ खर्च हुने

मुख्यमन्त्री विजयका अनुसार योजना सञ्चालनका लागि राज्य सरकारको ढुकुटीबाट वार्षिक करिब ४० अर्ब भारतीय रुपैयाँ खर्च हुनेछ ।बढ्दो महँगीका बीच सरकारले घोषणा गरेको यो योजनालाई तमिलनाडुका स्थानीयवासीले स्वागत गरेका छन् । सरकारले यसबाट कम आय भएका परिवारलाई खाना पकाउने इन्धनको खर्चमा राहत पुग्ने अपेक्षा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.