भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भरतपुर, ११ साउन । पश्चिम चितवन र माडी क्षेत्रका विभिन्न स्थानमा आज आइतबार ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले अत्यधिक विद्युत् माग धान्न नसकिएपछि लोडसेडिङ गर्नुपरेको जानकारी दिएको हो।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म थप तीन घण्टा गरी कुल ६ घण्टा विद्युत् आपूर्ति रोकिनेछ। गर्मी, रोपाइँको सिजन र आकाशे पानीको अभावले सिँचाइको लोड अत्यधिक बढेकाले यस्तो अवस्था आएको जनाइएको छ।

३३ केभी डग कन्डक्टर तारमा अधिकतम ३०० एम्पियर विद्युत् प्रवाह गर्न मिल्ने भए पनि हाल ४५० एम्पियर लोड पुगेकाले समस्या समाधान गर्न कटौती गरिएको हो। उनले एक हप्ताभित्र लोड व्यवस्थापनको समस्या समाधान हुने विश्वास व्यक्त गरे।

विद्युत् कटौती हुने क्षेत्र र समय तालिकाः

नारायणी–माडी फिडरस् बिहान ६–९ र दिउँसो ३–६

मेघौली–विजयनगर–शुक्रनगर फिडरः बिहान ९–१२ र साँझ ६–९

जगतपुर–रामपुर फिडरः दिउँसो १२–३ र राति ९–१२

बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले दीर्घकालीन समाधानको लागि बसेनी सबस्टेसनबाट विद्युत् आपूर्ति गर्न ३३ केभी प्रसारण लाइन निर्माण भइरहेको जानकारी दिए।