प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ, १० भदाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरेका छन्।

मोदीले बुधबार प्रधानमन्त्री शाहसँग टेलिफोनमार्फत कुराकानी गरेका हुन्। कुराकानीका क्रममा उनले बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपालीप्रति समवेदना प्रकट गरेका छन्।

मोदीले कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्। उनले नेपाललाई आवश्यक पर्ने सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उद्धार तथा राहतका काममा भारतका सम्बन्धित टोलीले नेपालसँग नजिक रहेर समन्वय गरिरहेको मोदीले जानकारी दिएका छन्।नेपालमा पछिल्लो समय आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको काम जारी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.