भर्खरै : Sorry, your browser does not support inline SVG.

बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह

बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह

मुख्य बुँदा

रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोकमा बुधबार राति मध्यमदेखि भारी वर्षाको सम्भावना।

एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा विशेष सावधानी अपनाउन आग्रह।

काठमाडौँ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा बुधबार राति पुनः वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ सूचना जारी गर्दै ती जिल्लाका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा आज राति धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।यस्तै, एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। पछिल्लो समय यी जिल्लाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पुनः वर्षाको सम्भावना देखिएपछि जोखिम थप बढ्न सक्ने भएको छ।

महाशाखाले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.