भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी

चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी

काठमाडौँ, १० भदाै । चीनतर्फबाट बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेसँगै घाइतेलाई विभिन्न माध्यमबाट काठमाडौं ल्याएर उपचार गराउने क्रम जारी रहेको छ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २० जना घाइतेको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्।

त्यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विभिन्न जिल्लाका २० जना घाइते उपचाररत छन्। उपचाररतमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्बा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष र नामथर खुल्न नसकेका एक पुरुष रहेका छन्।

त्यस्तै, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगरको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ। उनीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको जनाइएको छ।

शिक्षण अस्पतालमा टिमुरे, गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दियाको जीतपुरका रामप्रसाद थारु, रसुवाको बेत्रावती गाउँपालिका–५ की सुराची राना मगर र भक्तपुरको चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि उपचार भइरहेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। उद्धारका क्रममा भेटिएका घाइतेलाई प्राथमिक उपचारपछि आवश्यकताअनुसार काठमाडौंका अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको छ। प्रभावित क्षेत्रमा अझै उद्धार कार्य जारी रहेकाले थप घाइतेलाई अस्पताल ल्याउनुपर्ने अवस्था आउन सक्ने भन्दै स्वास्थ्यकर्मी तथा अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.