भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

फिदिम, १६  साउन । पाँचथरको फालेलुङ गाउँपालिकामा एक युवकले आफ्नै श्रीमतीमाथि कोदालो प्रहार गरी हत्या गरेका छन्।फालेलुङ गाउँपालिका–७ आहाले घर भई हाल फिदिम नगरपालिका–१ नाम्दुस्थित माइती घरमा बस्दै आएकी २२ वर्षीया अनु राईमाथि उनका २७ वर्षीय श्रीमान् महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार, घरबाट ससुराली आएका महेन्द्रले पारिवारिक विवादका क्रममा अनुमाथि आक्रमण गरेका थिए। कोदालोको पासोले टाउकोमा गम्भीर चोट लागेकी राईको झापास्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका महेन्द्र तामाङलाई प्रहरीले फिदिम नगरपालिका–६ सिवामा लुकेर बसेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएको छ। हाल उनीमाथि जिल्ला प्रहरी कार्यालय पाँचथरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको जनाएको छ।

फिदिम, ४ साउन । लगातारको वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलाको डाइभर्सनमा क्षति पुर्‍याएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले बेलिब्रिज बगाउनुका साथै निर्माणाधीन मोडुलब्रिजसमेत भाँचिँदा यातायात ठप्प भएको हो।

मेची राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाढीका कारण तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम–फालोट सडक खण्ड, साथै रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशल बुढाथोकीका अनुसार जिल्लाका अन्य सडकहरू पनि अवरुद्ध भइरहेका छन्। लगातारको वर्षाका कारण पहिरो र सडक भासिएको अवस्था रहेकोले तत्काल खुलाउने प्रयास चुनौतीपूर्ण बनेको छ।

सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवा, यात्रु तथा मालवाहक सवारीका लागि गन्तव्यमा पुग्न कठिनाइ भएको छ। उद्धार तथा सडक मर्मतका लागि सडक विभाग र स्थानीय प्रशासन खटिएको जनाइएको छ।

फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।

गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पतालबाट विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले तिनै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बाँकी तीन जना घाइते मजदुरको विराटनगरमा नै उपचार भइरहेको छ। २०८१ साल असोज १२ गते आएको बाढीले यहाँको पुरानो बेलिब्रिज बगाएपछि पुनः जडानको काम भइरहेको थियो।

जडान कार्यका क्रममा बेलिब्रिज अचानक भत्किँदा ६ जना मजदुर घाइते भएका थिए। दुर्घटना भएको हेवा खोला फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमानामा पर्छ ।