भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाण्डौ, ३० भाद्र। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशका विभिन्न कार्यालयहरूमा भएको तोडफोड, आगजनी र लुटपाटबाट हराएका सरकारी सामानहरू फिर्ता गर्न अपिल गरेको छ।

आयोगका अनुसार इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत स्थानहरूमा रहेका आयोगका कार्यालयहरूमा भएका अराजक गतिविधिका क्रममा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन, टीभी, कम्प्युटर, माइक्रो ओभन, हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पंखा जस्ता थुप्रै मूल्यवान उपकरणहरू चोरी भएका छन्।

अख्तियारले सूचना प्रकाशित गर्दै ती सामानहरू स्वेच्छाले फिर्ता गर्न चेतावनी दिएको छ। काठमाण्डौमा फेला परेका सामानहरू प्रहरी वृत्त मालिगाउँमा र अन्य जिल्लाहरूमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ।

आयोगले सीसीटीभी फुटेजको आधारमा लुटपाटमा संलग्नको पहिचान कार्य जारी रहेको र आवश्यक परेमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।