भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

बीजिङ, २३ असार । चिनियाँ वैज्ञानिकहरूले बायोनिक दृश्य संवेदक (visual sensor) विकास गरेका छन्, ।  जसकाे विकासले अँध्यारो र उज्यालो बीचको चरम प्रकाश भिन्नतालाई मानव आँखाभन्दा धेरै छिटो- करिब ४० सेकेन्डमै समायोजन गर्न सक्छ।

फुझोउ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नेतृत्वमा बनेको टोलीले अति-संवेदनशील “क्वान्टम डट्स” (semiconductor nanocrystals) प्रयोग गरेर उक्त प्रविधि विकास गरेको हो।

मानव आँखालाई चरम उज्यालो–अँध्यारो स्थितिमा अनुकूल हुन २ देखि ३० मिनेट लाग्ने गरेकामा यो नयाँ प्रविधिले सिर्फ ४० सेकेन्डमै अनुकूलन गर्न सक्ने दाबी गरिएको छ।

अनुसन्धान अनुसार, उक्त दृश्य संवेदकले वस्तु चिन्ने क्षमता, छवि गुणस्तर, र उर्जा खपतमा समेत सुधार ल्याउनेछ। Applied Physics Letters नामक प्रतिष्ठित वैज्ञानिक जर्नलमा जुलाई १ मा यो अनुसन्धान प्रकाशित भएको हो।

मानव आँखाको रेटिना, रड सेल्स, र रोप्सिन प्रोटिनजस्ता कार्य प्रणालीबाट प्रेरित भई विकास गरिएको यो प्रविधिले, क्वान्टम डट्समार्फत प्रकाशलाई विद्युत सिग्नलमा रूपान्तरण गर्न सक्षम हुन्छ। ती डट्सले पानी सोस्ने स्पञ्जझैं चार्ज सम्हालेर आवश्यक पर्दा फिर्ता गर्ने प्रणाली अपनाएका छन्।

अनुसन्धानकर्ताका अनुसार, यो प्रविधि स्वचालित सवारी (autonomous vehicles), बायोनिक रोबोटिक्स, र ब्रेन-जस्तै कम्प्युटिङ प्रणालीहरूका लागि एक क्रान्तिकारी आधार बन्नेछ।