भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौं, ११ जेठ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ। फिफाले नेपाली फुटबल प्रशासनमा तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको जनाएको छ।

फिफा काउन्सिल ब्यूरोको निर्णयसँगै निलम्बन अवधिभर एन्फाका प्रतिनिधि टोली, राष्ट्रिय टिम तथा आबद्ध क्लबहरूले फिफा र एएफसीको औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

यस निर्णयले नेपाली फुटबलका अन्तर्राष्ट्रिय गतिविधि, विकास कार्यक्रम तथा प्रतियोगितामा सहभागितामा प्रत्यक्ष असर पर्ने देखिएको छ। विश्व फुटबलसँग सम्बन्धित विभिन्न कार्यक्रम र अवसरमा समेत प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

फिफाले यसअघि पनि एन्फाको स्वायत्ततामा बाह्य हस्तक्षेप भएको भन्दै नेपाललाई चेतावनी दिएको थियो। पछिल्लो निर्णयसँगै नेपाली फुटबल समर्थक र सरोकारवालामाझ चिन्ता बढेको छ।