भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौं, २३ असार । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियमले घरेलु टोली संयुक्त राज्य अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बेल्जियमले नवौँ मिनेटमा चार्ल्स डे केटेलारेको गोलबाट अग्रता लिएको थियो। घरेलु समर्थकमाझ खेलिरहेको अमेरिकाले ३१औँ मिनेटमा म्यालिक टिलम्यानको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो।

तर बराबरी धेरैबेर टिक्न सकेन। ३३औँ मिनेटमा डे केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा बेल्जियमले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। ५७औँ मिनेटमा हाने भानाकेनले गोल गर्दै अग्रता ३–१ पुर्‍याए। त्यसपछि इन्जुरी समय (९०+३) मा अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे।

यो जितसँगै बेल्जियम उपाधि यात्रामा थप एक कदम अघि बढेको छ भने अमेरिका घरेलु मैदानमै अन्तिम–१६ बाट बाहिरिएको छ।

यस नतिजासँगै आयोजक तीनै राष्ट्रको विश्वकप यात्रा समाप्त भएको छ। यसअघि क्यानडा र मेक्सिको पनि प्रतियोगिताबाट बाहिरिसकेका थिए।

अब प्रतियोगिताअन्तर्गत आज राति अर्जेन्टिना र इजिप्ट तथा कोलम्बिया र स्विट्जरल्याण्डबीच क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

मुख्य बुँदा

भूकम्पका बेला छोरीलाई बचाउने क्रममा फुटबलरकी पत्नीको मृत्यु।

फुटबलर हेक्टर बेलोले सामाजिक सञ्जालमा भावुक सन्देश साझा गरे।

हालसम्म कम्तीमा ९२० जनाको मृत्यु र ३ हजारभन्दा बढी घाइते।

दुई युवा फुटबल खेलाडी र पूर्व मिस भेनेजुएलाकी आमाको पनि ज्यान गयो।

प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी।

काराकास, १३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पले हजारौं परिवारलाई शोकमा डुबाएको छ। यसबीच आफ्नी सानी छोरीलाई बचाउने क्रममा एक फुटबलरकी श्रीमतीले ज्यान गुमाएको घटना निकै मार्मिक बनेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार फुटबलर हेक्टर बेलोकी श्रीमती एन्ड्रियाले भूकम्पका बेला आफ्नी छोरीलाई जोगाउने प्रयास गर्दै अन्तिम साससम्म छोरीलाई छाडिनन्। भग्नावशेषबाट छोरीलाई जीवितै उद्धार गरिए पनि एन्ड्रियाको भने ज्यान गएको थियो।

फुटबलर बेलोले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै आफ्नी श्रीमतीको साहस र त्यागको प्रशंसा गरेका छन्। उनले छोरीलाई भविष्यमा आमाको वीरताको कथा सुनाउने उल्लेख गर्दै आफू त्यो कठिन घडीमा सँगै हुन नसकेको पीडा व्यक्त गरेका छन्।

भूकम्पका कारण हालसम्म कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। उद्धार गरिएकी बेलोकी छोरी र उनकी फुपूको अस्पतालमा उपचार भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

यस विनाशकारी भूकम्पमा दुई युवा फुटबल खेलाडीको पनि ज्यान गएको पुष्टि भएको छ। साथै पूर्व मिस भेनेजुएला जिजेल रेयेसकी आमाको पनि भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रभावित क्षेत्रमा अझै धेरै मानिस बेपत्ता रहेकाले उद्धारकर्मीहरूले भग्नावशेषमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

काठमाडौं, १३ असार। फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

यस जितसँगै समूह ‘आई’ मा तीन खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा पुगेको छ। समूहबाट फ्रान्स र नर्वे भने यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन्।

गोलअन्तर सुधार गरेको सेनेगल उत्कृष्ट तेस्रो हुने आठ टोलीमध्ये एकका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। यद्यपि, त्यसका लागि अन्य समूहका खेलको नतिजामा पनि भर पर्नुपर्नेछ।

सेनेगलका लागि पापे गइएले दुई गोल गरे भने हबिब डियरा, इस्माइला सार र इलिमान एनडिएले समान एक–एक गोल थपे। यससँगै सेनेगल विश्वकपको एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ।

यता, समूह ‘एच’ अन्तर्गत केप भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेनबीच खेल जारी छ। हाल स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ भने उरुग्वे २ अंकसहित दोस्रो, केप भर्डे तेस्रो र साउदी अरेबिया १ अंकसहित चौथो स्थानमा रहेका छन्।

त्यसैगरी, समूह ‘जी’ अन्तर्गत न्युजिल्यान्ड–बेल्जियम तथा इजिप्ट–इरानबीचका खेल पनि निर्धारित समयअनुसार हुँदैछन्।

काठमाडाैं, ३० जेठ । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित निकालेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरेका थिए भने जियोभानी रेयनाले एक गोल गरे । साथै पाराग्वेका डेमियन बोबाडिल्लाले आत्मघाती गोल गरेपछि अमेरिका अग्रता बनाउन सफल भयो । पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल गरेका थिए ।

खेलको सातौँ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिका अग्रता लिन सफल भयो । त्यसपछि ३१औँ मिनेटमा बालोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिका ३–० ले अगाडि बढ्यो ।

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्किने प्रयास गर्दै ७१औँ मिनेटमा गोल गरे पनि अन्तिम इन्जुरी समयमा जियोभानी रेयनाले थप गोल गर्दै अमेरिकाको ४–१ को जित सुनिश्चित गरे ।

जितसँगै अमेरिका समूह ‘डी’ मा ३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । सो समूहमा अमेरिका र पाराग्वेसँगै अस्ट्रेलिया र टर्की पनि रहेका छन् ।

काठमाडौँ, १९ चैत्र । FIFA World Cup 2026 खेल्ने ४८ वटै टोलीको टुंगो लागेको छ। आगामी जुन–जुलाईमा अमेरिका, क्यानडामेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकप यसपटक इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्ने भएको छ।

यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी हुनेछन्। छनोट यात्रा सन् २०२३ सेप्टेम्बरबाट सुरु भएर करिब डेढ वर्षसम्म चलेको थियो। अन्तिम चरणको अन्तरमहादेशीय प्लेअफबाट डिआर कंगोइराकले स्थान बनाएका हुन्। युरोपबाट चार पटकको च्याम्पियन इटली छनोट हुन असफल रहँदा बोस्निया–हर्जगोभिना, स्वीडेन, टर्कीचेक रिपब्लिकले स्थान बनाएका छन्।

एसियाबाट अहिलेसम्मकै धेरै ८ टोली छनोट भएका छन्, जसमा अष्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरियाउज्बेकिस्तान रहेका छन्। दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वेउरुग्वेले स्थान बनाएका छन्।

अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसियासहित १० टोली सहभागी हुनेछन् भने उत्तर तथा मध्यअमेरिकाबाट कुरासाओ, हैटी र पनामा छनोट भएका छन्। ओसियानियाबाट न्युजिल्यान्डमात्र सहभागी हुनेछ।

प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म कुल ३९ दिन सञ्चालन हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो विश्वकप हुनेछ। यसपटक १२ समूह बनाइनेछ र प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रत्येक समूहबाट शीर्ष २ टोली सिधै राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् भने उत्कृष्ट ८ तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्नेछन्। यसरी कुल ३२ टोली नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन्।

कुल १०४ खेल हुने यस प्रतियोगिताका खेलहरू १६ सहरमा आयोजना गरिनेछन्। उद्घाटन खेल मेक्सिको सिटीको अज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल MetLife Stadiumमा जुलाई १९ मा हुनेछ।

मुख्य बुँदा 

भक्तपुर नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिता २०८२ सम्पन्न

८० विद्यालय, करिब ४ हजार खेलाडीको सहभागिता

१५ खेल विधामा प्रतिस्पर्धा

विजेतालाई पदक, प्रमाणपत्र र खेलकुद सामग्री वितरण

सांसद प्रेम सुवाल र नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथि

खेलकुदले व्यक्तित्व र सामाजिक विकासमा योगदान

राष्ट्रिय स्तरको भलिबल कभर्ड हल निर्माणको योजना

भक्तपुर, १ पुस। भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ।

प्रतियोगितामा टेबलटेनीस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल समावेश थिए।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम सहिद स्मृति खेल मैदानमा सम्पन्न भएको थियो। विजेता खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो।

अतिथिहरूले खेलकुदले नागरिकको व्यक्तित्व विकासमा मात्र नभई सामाजिक विकासमा समेत योगदान पुर्‍याउने बताएका छन्। सांसद सुवालले भलिबल नेपालको राष्ट्रिय खेल भएको उल्लेख गर्दै राष्ट्रिय स्तरको कभर्ड हल निर्माण गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना नेपालमै हुनसक्ने बनाउने संसदमा प्रस्ताव पेश गरिएको बताए।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याएको र नगरका विभिन्न ठाउँमा कभर्ड हल निर्माणको काम अघि बढाइरहेको जानकारी दिए।

कार्यक्रममा ८० वटा विद्यालयका करिब ४ हजार खेलाडीहरू सहभागी भएका थिए। राष्ट्रिय भलिबल प्रशिक्षक विनोदचरण रायले उत्कृष्ट खेलाडी घोषणा गरेका थिए।

प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र विद्यालयहरूलाई पदक, प्रमाणपत्र तथा खेलकुद सामग्री वितरण गरिएको थियो।

काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ।

यो जित क्लब विश्वकप इतिहासकै सबैभन्दा फराकिलो जीतको रूपमा दर्ता भएको छ। यसअघि २०२२ मा अल हिलालले अल जजिराविरुद्ध ६–१ को जित पाएको थियो जुन कीर्तिमान अब बायर्नले उछिन्दै नयाँ रेकर्ड बनाएको हो।

यस समूहमा अर्जेन्टिनाको सीमा बोका जुनिअर्स र पोर्चुगलको बेन्फिका पनि छन्।