भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

रौतहट, ११ असार । भारतको सीमावर्ती बजारबाट लागुऔषध लुकाई नेपाल ल्याउँदै गरेका एक ई–रिक्सा चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शङ्कास्पद रुपमा जाँच गर्दा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक अजय बिकलाई नियन्त्रणमा लिएको हो।

उनी चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय बासिन्दा हुन्। प्रहरीका अनुसार बिकले चलाएको ई–रिक्साबाट फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस, र कोरेक्स ६३ पिस बरामद गरिएको छ। यी सबै वस्तुहरू लागुऔषधको सूचीमा पर्ने मादक पदार्थ हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार बिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

पक्राउ गरिएको स्थान बी.पी. चौक जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्छ। प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी बढिरहेको भन्दै निगरानी कडा पारिएको जनाएको छ।