भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

इस्लामाबाद, ७ कार्तिक । इस्लामाबादका प्रहरी सुपरिटेन्डेन्ट (एसपी) आदिल अकबरको उनको कारभित्रै गोली लागेर मृत्यु भएको इस्लामाबाद प्रहरीका प्रवक्ताले पुष्टि गरेका छन्।

प्रवक्ताका अनुसार, एसपी अकबर कन्स्टिट्युसन एभिन्यूबाट कार्यालयतर्फ जाँदै गर्दा कारभित्रै गोली लागेर मृत्यु भएको हो। हाल यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीका अनुसार, यो घटना साँझ करिब ४:३० बजे कन्स्टिट्युसन एभिन्यूमा भएको हो। उनले भने, “घटनाको सीसीटीभी फुटेजमा कुनै पनि स्पष्ट विवरण खुलेको छैन, र गोली चल्ने घटना कारभित्र नै भएको पुष्टि भएको छ।”

आईजी रिजवीले थप जानकारी दिँदै भने, “एसपी अकबरसँग रहेको मोबाइल फोन ‘लक गरिएको’ अवस्थामा फेला परेको छ, जसको फोरेन्सिक परीक्षणका लागि तयारी भइरहेको छ।”

प्रहरीले अहिले घटनाको प्रकृति आत्महत्या वा आपराधिक कृत्य हो कि भन्नेबारेमा अनुसन्धान अगाडि बढाइरहेको छ।