भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मुख्य बुँदा

विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) मा शरदयामको आरोहण सुरु ।

स्पेन, चीन र फ्रान्सका पर्वतारोहीले नेपाली शेर्पाको सहयोगमा सफल आरोहण ।

यस सिजनमा ७ महिला र १७ पुरुष गरी २४ जनाले आरोहण अनुमति लिएका ।

करिब रु ५० लाख ७१ हजार बराबरको शुल्क संकलन ।

२०२४ मा रसियाका पाँच पर्वतारोही हिउँपहिरोमा परी ज्यान गुमाएका थिए ।

धौलागिरि आरोहणलाई सबैभन्दा चुनौतीपूर्ण र जोखिमयुक्त मानिन्छ ।

म्याग्दी, १३ असाेज । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।
सभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एकरएक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् ।

स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट ट्रेक्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए।

उनका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँगेका) थिए । पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन् ।

अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।गत वसन्तयाममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु ३६ लाख ९१ हजार दुई सय ६० राजस्व सङ्कलन भएको थियो ।

२०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो ।

अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो । रासस