भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

एजेन्सी, १ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा फैसला हुनुअघि नै देशभर व्यापक अशान्ति फैलिएको छ।

विशेष ट्रिब्यूनलले आज फैसला सुनाउने भएकोले राजधानी ढाकादेखि अन्य धेरै सहरमा तनाव बढेको छ। फैसला आउनुअघि नै गाडीमा आगजनी, तोडफोड, सडक अवरुद्धजस्ता घटनाहरू देखिएको छ।

विभिन्न स्थानमा रुख ढालेर बाटो बन्द गरिएको तथा पूर्वनियोजित रूपमा विरोध प्रदर्शन चर्किएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। अवस्था नियन्त्रणमा लिन अन्तरिम सरकारले सेना, प्रहरी र सीमा सुरक्षा बललाई देशभर परिचालन गरेको छ।

ढाका प्रहरीले परिस्थिति नियन्त्रणबाहिर जान नदिन हिंस्रक प्रदर्शनकारीमाथि गोली चलाउन आदेश पाएको बताइएको छ। शनिबार रातिदेखि सुरू भएको तनाव आजको फैसला पछि थप उग्र हुन सक्ने अनुमान सरकारी निकायहरूले गरेका छन्।

सरकारी वकिलका अनुसार हसिनाविरुद्ध हत्या, अपराध रोक्न नसक्नु, मानवताविरुद्ध अपराध लगायत ५ गम्भीर आरोप लगाइएको छ। अभियोजनकर्ताले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिन माग गरेका छन्।

बंगलादेश इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले आज हसिनासँगै पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल तथा तत्कालीन प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल मामूनमाथिको मुद्दामा फैसला सुनाउनेछ।