भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मकवानपुर, २८ चैत । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, चिसापानी बजार नजिकै धरान–चतरा सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बस गएराति ९:३० बजे अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बसमा भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाबाट आयोजित अगुवा कृषक भ्रमणमा सहभागी कृषक र प्राविधिकहरू सवार थिए। भ्रमण सकेर फर्कने क्रममा घुम्तीमा बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। दुर्घटनामा चालकसहित बसमा सवार ३१ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि भरतपुर पठाइएको छ। भरतपुर रिफर गरिएकाहरूमा भीमफेदी-३ का ४६ वर्षीय श्रीराम बज्यु, भीमफेदी-५ का ५५ वर्षीया रिता कुमारी मगर, चितवन राप्ति-२ का २९ वर्षीय पशु चिकित्सक डा. सरोज ओझा, उनकी २७ वर्षीया श्रीमती रेश्मा सुवेदी, भीमफेदी-६ का कार्यपालिका सदस्य ४५ वर्षीया सुमित्रा लामा, सोही ठाउँका ५५ वर्षीया श्री सानी आले र भीमफेदी-५ का २५ वर्षीय अनिल स्याङबो रहेका छन्।

यस्तै, केही घाइतेको उपचारपछि डिस्चार्ज गरिएको छ। डिस्चार्ज हुनेहरूमा भीमफेदी-२ का ४५ वर्षीय दिलिप राज बुलन, भीमफेदी-५ का ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी-३ का ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा-११ का २९ वर्षीय उज्वल राना मगर, हेटौँडा-१८ का २५ वर्षीय रुबिन घर्ती, भीमफेदी-८ का ३५ वर्षीया सूर्य माया घलानलगायत छन्।

अन्य घाइतेहरू भीमफेदी-६ का ३२ वर्षीय सुदिप पराजुली, भीमफेदी-२ का वडा अध्यक्ष ४९ वर्षीय कासीराम बज्यु, भीमफेदी-९ का २७ वर्षीय शुभाष रुम्बा, हेटौँडा-१८ का २९ वर्षीय विमल ढुंगाना, भीमफेदी-४ का ४० वर्षीय कृष्णहरि गाहा मगरलगायतको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।

दुर्घटनापछि बसका चालक फरार रहेका छन् भने सहचालक उदयपुर रौतामाई-५ का ३२ वर्षीय सतिह दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।