भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

काठमाडौं, ११ साउन  । बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सबै बचतकर्तालाई समान व्यवहार गर्न, बचत फिर्ताको स्पष्ट र प्रभावकारी व्यवस्था गर्न तथा आफूहरूको बचत रकम तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

माइतीघरबाट सुरु भएको र्‍याली बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयसम्म पुगेको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले सरकारसँग यसअघि भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसमेत दोहोर्याएका थिए ।

प्रदर्शनकारीहरूले वर्तमान सरकारले बचत फिर्ताको क्रममा साना र ठूला बचतकर्ताबीच विभेद गरेको आरोप लगाउँदै सबै पीडितलाई समान रूपमा न्याय दिनुपर्ने बताएका छन् ।